६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा कर्मचारी र जनप्रतिनिधि हरूलाई अभिमुखीकरण 

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिकाले एक दिवसीय अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । 

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूका लागि सुशासन र बजेट निमार्ण प्रक्रियामा जानकारी दिने उद्देश्यले गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा विविध महत्त्वपूर्ण विषय बस्तुमा छलफल गरिएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जनाएका छन् ।

 जनप्रतिनिधि र कर्मचारीहरूका लागि आयोजित कार्यक्रमको सहजिकरण गर्दै नेपाल सरकारका पूर्व सचिव, संविधान बिद, सुशासन विज्ञ काशीराज दाहालले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले स्थानीय सरकार सञ्चालन र बजेट निमार्णको प्रक्रियामा जानकारी हुन आवश्यक रहेका बताए । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दाहालले आम नागरिकको मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमानदारी र काममा बफादारी भए सुशासन कायम हुने समेत बताए । 

एक दिने अभिमुखीकरण कार्यक्रमबाट जनप्रतिनिधि र कर्मचारीहरूको कार्य सञ्चालन र जिम्मेवारी लगाएका विषयमा जानकारी भएको कार्यक्रमका सभाध्यक्ष एवं बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूलाई यस्ता प्रकृतिका कार्यक्रम आवश्यक रहेकोले आगामी दिनमा पनि पुनरताजकि कार्यक्रमहरू पालिकाले सञ्चालन गर्ने समेत अध्यक्ष साउँदे बताए । 

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरूको काम कर्तव्य र अधिकार, बजेट निमार्ण प्रक्रिया, तनाव व्यवस्थापन लगायतका विषय बस्तुहरूको बारेमा जानकारी गराएको थियो । 

पालिकाको सभा हलमा सञ्चालन भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाए, पत्रकार लगाएको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस