९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुटौँ : मन्त्री जोशी

अ+ अ-

काभ्रेपलाञ्चोक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित ‘कार्यालयस्तरीय त्रैमासिक समीक्षा एवं सङ्घ, प्रदेश तथा स्थानीयस्तरीय सेवा–प्रवाह र विकास निर्माणसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा के व्यवस्था गर्दा राजनीतिक स्थायित्व हुन्छ त्यसका लागि सबै पक्ष जुट्न आग्रह गरे ।

“राजनीतिक स्थायित्वका लागि पक्ष विपक्ष नबनौँ, राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुट्नुपर्ने आवश्यकता भइसकेको छ,”, मन्त्री जोशीले भने, “राजनीतिक स्थायित्व दिई नागरिकको अविश्वास निस्तेज पार्नु सबैको चुनौतीको विषय भएकाले सबै पक्ष जुटौँ ।” राजनीतिक स्थायित्वले दिगो विकास र नवप्रवर्तनलाई निरन्तरता दिनसक्ने भएकाले सुन्दर देश निर्माणमा ‘सत्तापक्ष वा विपक्ष’ सबै पक्षको उत्तिकै दायित्व भएको उनको भनाइ थियो ।

मन्त्री जोशीले देशभक्त कर्मचारीले नै नागरिकलाई सुशासन प्रदान गर्ने बताए । “जनताले अनुभूत गर्नेगरी सुशासन प्रदान गर्नु कर्मचारीकै दायित्व हो, कसरी अझ सेवा प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे समीक्षा गरी ‘कर्मचारी नै हुन् बिगार्ने’ भन्ने बाहिरको भाष्यलाई बन्द गराउन लाग्नुहोस्”, उनले भने । उनले कर्मचारी दुई वर्ष सरुवा नहुने प्रावधान भए पनि त्यसो नभएकोमा चिन्ता व्यक्त गर्दै त्यस विषयमा मन्त्रालय गम्भीर रहेको बताए ।

सङ्घीय निजामती ऐन आएपछि कर्मचारीका सबै विषय हल हुनेमा आफू विश्वस्त रहेको उनको तर्क थियो । मन्त्री जोशीले एक सय चार स्थानीय तहमा नवप्रवर्तन कार्यक्रमलाई प्रारम्भिक चरणमा मागिएको रु ८८ करोड रकम निकासा नभई ती तहमा नयाँ कामको सुरुआत गर्न नपाएकामा दुःखेसो पोख्दै संविधान कार्यान्वयनको सिलसिलामा देखिएका कठिनाईलाई सबै मिलेर फुकाउनुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस