१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ 

अ+ अ-

काठमाडौँ । देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृङ्खलामा नाटक, नृत्य र गीत प्रस्तुत गरिँदै आएको सांस्कृतिक संस्थानका अध्यक्ष चन्द्रकुमार हतुवाली राईले बताए । 

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा दोस्रो संस्करणको रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ । दुई घन्टाको प्रस्तुतिमा राष्ट्रिय विभूति अरनिको तिब्बत गएर कला प्रदर्शनी गरी नेपालको नाम उँचो बनाएको विषयमा कलाकारहरुले लोकनाटक प्रदर्शन गरेका थिए । 

त्यसैगरी, सांस्कृतिक संस्थानका कलाकारहरुले मालश्री धुन, मञ्जुश्री नाच, कर्णाली प्रदेशको सिङारु (वनगारी) नृत्य, लिम्बू र याखा जातिको च्याब्रुङ, थारू जातिमा प्रचलित लट्ठी नाच, नेवारी समुदायको धिमे नाच, गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ, पश्चिम कोही पूर्व घरलगायतका जागरण गीत र नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा ७१ वर्षीया कोलीकुमारी कुँवरले मादल बजाउनुहुँदै गीत प्रस्तुत गरे । 

संस्थानका तर्फबाट खर्क बुढा, नरसिंहलाल श्रेष्ठ, लोकराज राई, दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति, रोहित सुवेदी, सीतामैया राचल, सुक्रिमाया तामाङ, धर्म गन्धर्वले वाद्यवादनमा सघाएका थिए । गायनतर्फ तीर्थराज पोखरेल, दीपेन्द्र बज्राचार्य, शिला विष्ट, बिपिन घिमिरे, राधिका भण्डारी र खुसी थुलुङ्ग राईले साथ दिएका थिए । 

अब देशका विभिन्न भूगोलमा बासोबास गर्ने जातजाति र समुदायमा प्रचलित लोकनृत्य, बाजा र संस्कृतिलाई उजागर गर्ने योजना रहेको संस्थानका अध्यक्ष राईले जानकारी दिए। सांस्कृतिक कार्यक्रममा पूर्वमन्त्री सुदन किरातीले नेपाली कला र संस्कृतिले राष्ट्रिय एकता निर्माण गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस