काठमाडौँ । कोशी प्रदेश सभाको विश्वासको मतमा राप्रपा तटस्थ बस्ने निर्णय गरेको छ ।
पार्टीको प्रदेश संसदीय दलको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । दलका नेता भक्तिप्रसाद सिटौलाले विश्वासको मतको पक्ष वा विपक्ष कतै पनि मत जाहेर नगर्ने बताए ।
आजको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।
११ बजे बोलाइएको बैठक १ बजेपछि बस्दैछ ।