काठमाडौँ । सरकारले सरकारी सेवा प्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागू गर्ने भएको छ ।
मंगलबार संयीघ संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नागरिकले सेवा प्राप्त गर्दा हुने झन्झट हटाई सेवाको लागत, समय र गुणस्तरमा सुधार गरिने उल्लेख छ ।
नीति तथा कार्यक्रमको बुँदा नम्बर १९९ मा सार्वजनिक सेवा प्रवाहलाई चुस्त र मितव्ययी बनाउन संगठन संरचनामा रहेका दोहोरोपन हटाउनुका साथै सूचना प्रविधिमा आधारित सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरिने उल्लेख छ ।