७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. स्वर्णिम वाग्ले-नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधारको जग बसाल्यो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरूका बीउहरू रोपेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै वाग्लेले विगतमा कार्यक्रममा ठुला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सीमित हुने परम्परालाई यो नीति तथा कार्यक्रमले तोडेको बताए ।

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्थान गर्ने खालको आएको छ । विगतमा कार्यक्रममा ठुला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सीमित थियो । यो वर्ष ठुला कुरा नगरौँ तर क्रमिक सुधारहरू (इन्क्रिमेन्टल रिर्फम) हरेक मन्त्रालयमा गरेर हेरौँ भन्ने बिउ सबै मन्त्रालयमा राखेको पाए । ‘दर्जनौँ क्रमिक सुधारहरूका बिउ यसपालि राखिएका छन्, ‘वाग्लेले भने, ‘त्यो भनेको बजेटसँग मिल्ने सम्भावना बढेको छ । बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना देखिएको छ ।’

प्रमुख प्रतिपक्ष काँग्रेसले नीति तथा कार्यक्रम पुरानै ढर्राको भएको भनी गरेको टिप्पणी सही नभएको पनि वाग्लेको भनाइ थियो । ‘विगत ३२ वर्षमा सबै भन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारोक्ति हो । नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधार गर्ने जग बसालेको छ । नीति तथा कार्यक्रममा टेकेर बजेट आउँदै छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस