१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति तथा कार्यक्रमसँग मेल खाने बजेट आउने अर्थमन्त्रीको दाबी

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रमसँग मेल खाने गरी आगामी बजेट आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पुनले बजेटसँग मौद्रिक नीतिको तालमेल हुने बताए ।

मन्त्री पुनले आगामी बजेट सरकारको मात्रै नभएर निजी क्षेत्रको पनि मनोबल उच्च हुने गरी आउने बताए । ‘नीति तथा कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउँछ । बजेटले समर्थन गर्न नसक्ने नीति तथा कार्यक्रम समावेश छैन,’ पुनले भने, ‘नीति तथा कार्यक्रममा समावेश भएका विषयवस्तु नै बजेटमा समावेश हुन्छ ।’

अर्थमन्त्री पुनले आगामी बजेटमा नेपाल राष्ट्र बैंकको सुझाव समेत समावेश हुने विश्वास व्यक्त गरेका छन् । विगतका वर्षमा सम्पन्न भएका, बहुवर्षीय ठेक्का लागेका र बजेटमा उल्लेख भए पनि स्रोत सुनिश्चित नभएका आयोजनामा भुक्तानीको समस्या रहेको उनले बताए ।

निर्माण क्षेत्रको सिर्जना भएको दायित्व सरकारले भुक्तानी गर्ने उनले बताए । आगामी वर्षको बजेटमा त्यसको भुक्तानी गर्न बजेटमा व्यवस्था गरिने उनले बताए । कृषिलाई आधारका रूपमा विकास गर्ने र निर्वाहमुखी नभई व्यावसायिक रूपमा लैजान सरकारले ध्यान दिने अर्थमन्त्री पुनको भनाइ छ ।

पूर्वाधार बनाउने तर आर्थिक क्रियाकलापमा नजोडिने अवस्था रहेको भन्दै उनले त्यसलाई एकीकृत रूपमा आर्थिक क्रियाकलापसँग जोड्न प्रयास भइरहेको बताए ।

सिँचाइ एकातिर, कृषि जोन अर्कातिर, बजार अर्कातिर गइरहेको भन्दै उनले त्यसलाई एकीकृत रूपमा लैजाने खोजिएको बताए । करका दर थप्नेभन्दा पनि दायरा फराकिलो बनाउने भन्दै उनले त्यसमा निजी क्षेत्रको सहयोगको अपेक्षा सरकारले गरेको बताए ।

क्षेत्र विशेषलाई प्राथमिकता दिने र कसैलाई ‘ह्यारेस’ गर्ने नीति सरकारको नहुने भन्दै अर्थमन्त्री पुनले यथार्थ धरातलमा बसेर बजेट ल्याउने कोसिस भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस