काठमाडौँ । बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेको छ ।
बिना विभागीय मन्त्री रमा आले मगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
एकीकृत समाजवादीकी सांसद मगर डेढ महिनाअघि बिना विभागीय मन्त्री बनेकी थिइन् । वाग्मतीमा मन्त्रालयको संख्या १३ पुगेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खर्च कटौतीका लागि मन्त्रालयको संख्या यसअघि १४ बाट घटाएर १२ कायम गरेका थिए । उनले आफ्नो सरकार जोगाउन फेरि मन्त्रालयको संख्या थपेका हुन् ।