७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

अ+ अ-

काठमाडौँ । मकवानपुरको छुट्टा छुटै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मकवानपुरको बागमती गाउँपालिका–४ सादेपुलस्थित धरान–चतरा सडकखण्डमा गए राति ना६६प ९३०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा उपमहानरपालिका–१३ का ४५ वर्षीय केशवप्रसाद मुडवरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मुडवरीको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनास्थलबाट तीन किलोमिटर उत्तर भोर्लेनीबाट काभ्रेको तालढुङ्गा जाने भित्री सडकमा ना७त २२५९ नम्बरको रड लोड गरी रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोकिएर दुर्घटना भएको आशङ्का गरिएको उनले बताए । घटनाबारे थप अनुसन्धानका लागि ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

त्यस्तै, हेटौँडा–५ बाँनिया टोलस्थित सडकमा गत वैशाख २७ गते भएको सवारी दुर्घटनामा परी घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका हेटौँडा–५ शान्तिनगर निवासी ५२ वर्षीय लालबहादुर वाइबाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा हिजो मृत्यु भएको प्रहरीले जनाएको छ । बाप्र०३–००१ त ३१८ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालक वाइबा घाइते भएका थिए ।

फर्पिङ्ग–कुलेखानी सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खमा आज भ्यान दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।

काठमाडौँबाट मार्खुतर्फ आउँदै गरेको बा६च १२४ नम्बरको भ्यान आफैँ अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खेतमा खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । उनका अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस