काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज अपराह्न १:१५ बजे बस्ने तय भएको थियो ।
बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ ।
