१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री भण्डारीद्वारा बैतडीबाट कफीखेतीको शुभारम्भ

अ+ अ-

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ गरेका छन् ।

उनले आज पाटनमा कफीखेती रोपण कार्यक्रमको शुभारम्भ गरे । मन्त्री भण्डारीले कफीखेतीको विकास, प्रशोधन र प्रवर्द्धन गरी आयआर्जन तथा गरिबी न्यूनीकरणमा ठोस उपलब्धि हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने बताए ।

उनले भने, “विभिन्न कृषि, वन पैदावार र खनिज तथा खानीजन्य पदार्थको सम्भावना हुँदाहुँदै पनि संघीय सरकारले यथोचित ध्यान दिन नसकेको जिल्ला बैतडी हो, अब त्यो अवस्था बदल्न हामी लागेका छौँ, अब हाम्रा जडीबुटी, कृषि तथा गैर कृषिजन्य उत्पादनका सम्भावनालाई विभिन्न तहका सरकारको समन्वयमा सदुपयोग गरी बैतडीमा रोजगारी सिर्जना र आर्थिक समृद्धिको जागरणमा हामी दृढ भएर लागेका छौँ ।”

मन्त्री भण्डारीले आफ्नो मन्त्रालयअन्तर्गत सुदूरपश्चिम, कर्णाली र मुलुकका अन्य सम्भावना बोकेका तर पिछडिएका भेगमा कार्यक्रम सञ्चालन गर्न जोड दिँदै आएको बताए । उनले भने, “यसै सन्दर्भमा, बैतडीमा प्रशस्त सम्भावना बोकेका वस्तुको विकास, प्रविधि हस्तान्तरण, मूल्य शृङ्खला विकासमा काम गर्न मन्त्रालयले कार्य प्रारम्भ गरेको छ ।”

नेपालमा कफीको माग विस्तार भइरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले मागको सबै आपूर्ति घरेलु उत्पादनबाट हुन नसकेको बताए । अन्तर्राष्ट्रिय बजारको मागअनुसार कफी निर्यात गर्न नसकिएको उनको भनाइ छ ।

उनले भने, “बजारको समस्या खासै नभएको नेपाली कफीको उत्पादनलाई व्यावसायिक र परिमाणयुक्त बनाउन आवश्यक छ, मल, बीउ, सिँचाइ र सीपबाट उत्पादन, उत्पादकत्व र गुणस्तर बढाउन मेहनत गरी लाग्न आग्रह गर्दछु, आगामी दिनमा स्थानीय तह, प्रदेश सरकार, चिया तथा कफी विकास बोर्ड र विकास साझेदारबाट मन्त्रालयको एकीकृत व्यापार रणनीति २०८० बाट निर्यात योग्य वस्तुको रूपमा पहिचान भएको कफीखेतीको विकासमा सक्रिय सहभागिता रहने विश्वास गर्दछु ।”

युरोपियन युनियनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालमा यस वर्षदेखि कफीखेती शुभारम्भ गर्ने कार्यक्रमअन्तर्गत बैतडीबाट यस कार्यक्रमको शुभारम्भ गरिएको मन्त्रालयले जनाएको छ । बैतडीबाट यस कार्यक्रमको सुरुआत गरिएको र देशका अन्य जिल्लामा पनि यो कार्यक्रमको थालनी गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस