७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

अ+ अ-

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवर्द्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन नगरस्थित वडा नं ७ बाट तालिम प्राप्त परिवारका महिलालाई आवश्यक सामग्री एवं बीउबिजन वितरण थालेको छ । 

उक्त शाखाले कौसीखेती प्रवर्द्धनका तीन वर्षको अवधिमा एक हजार परिवारका नागरिकलाई तालिम दिएको थियो । तालिमप्राप्त व्यक्तिका लागि कौसीखेती गराउने उद्देश्यले खेती गर्न आवश्यक पर्ने सामग्री क्रमशः वडागत रूपमा वितरण गर्दै जाने कृषि प्राविधिक कमला हुमागाईँले बताए । उनका अनुसार विशेष गरी नगरको सहरी क्षेत्रमा पर्ने वडा नं ४, ५, ६, ७, ८, ९, १० र १३ का एक हजार घर परिवारका लागि ग्रो–ब्याग चार हजार थान, कम्पोष्ट मल दुई हजार प्याकेट, कोकोपिट दुई हजार, एक हजार हजारी र एक हजारलाई बीउबीजन वितरण गरिनेछ ।

शाखाका अनुसार कौसी खेतीका लागि सबैभन्दा धेरै वडा नं ८ मा तीन सय, ७ मा दुई सय ७०, ९ का एक सय २५, ४ का ३०, ५ का ७५, ६ का २५, १० का ७५, १३ का ५० र अन्य ५० जना गरी एक हजार जनाले विभिन्न तरकारी एवं फलफूलका तालिम लिएका थिए । नगरले कौसी खेतीका लागि प्रोत्साहनस्वरुप निःशुल्क तालिम सुरु गरेसँगै एक हजार महिला यस खेतीमा आबद्ध भएका हुन् ।

“छोराछोरीलाई झोलामा हैन माटोमा तरकारी फल्छ भनेर सिकाउन पनि कौसी खेतीले सघाएको छ, खेतीमा चलायमान भइरहँदा आफ्नो रोगलाई समेत कम गराएको छु”, बनेपा–७ को जमुना घिमिरेले भनिन् । उनले विशेष गरी आफ्नै कौसीमा साग, धनियाँ, मेथी, लट्टेको साग, लसुन, प्याजलगायत तरकारी फलाउने गरेको सुनाइन् । 

बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यले आफ्नै घरको छतमा फलेका तरकारी र फूल हेरेर तनाव व्यवस्थापनमा सहयोगी भएको बताउछन् । “कुहिने र नकुहिने फोहर व्यवस्थापन गरेर त्यसबाट मोहोर कमाउने योजनाअनुसार कौसीखेती कार्यक्रम सञ्चालन गरेका हौँ”, उनले भने। उपप्रमुख विमला सापकोटाले फुर्सदको समयमा कौसी खेतीमा ध्यान दिँदा तरकारीमा खर्च हुने पैसासमेत जोगिने बताए। उनले खुर्सानी, कागती, धनियाँ, साग, काक्रो, फर्सी-मुन्टा र पुदिना कौसी खेतीका मुख्य आकर्षण भएको बताए । बनेपामा घरका तर जमिन नभएकालाई कौसीखेती उपयोगी भएको उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस