६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसंघले भन्यो-सदनमा सत्तारूढ दलले असंसदीय व्यवहार देखायो

अ+ अ-

काठमाडौँ । नेविसंघले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पक्षपाती व्यवहार संसदीय व्यवस्थामाथिको प्रहार गरेको आरोप लगाएको छ ।

हिजोको बैठकमा काँग्रेस र एमाले सांसदहरुबीच धकेलाधकेलको स्थिति बनेपछि नेविसंघका प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गर्दै बिहीबार संसदमा सत्तारुढ दल र सभामुखकै कारण संसद्को गरिमामाथि प्रश्न उठ्न पुगेको बताएका हुन् ।

संसदमा सत्तारूढ दलबाट प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोध जारी रहँदा भएको असंसदीय कार्यप्रति आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहनु भएका काँग्रेस उपसभापति धनराज गुरुङले संसदभित्र नारा लगाइरहेका बेला एमाले सांसद केपी ओलीबाट भएको अस्वाभाविक व्यवहार निन्दनीय छ । संसद्मा रुलिङ सभामुखले गर्ने हो, सत्तारूढ दलले होइन भन्ने सामान्य मर्यादा नभुल्न पनि नेपाल विद्यार्थी संघ सत्तारूढ दललाई चेतावनी दिन चाहन्छ ।’

काँग्रेसले उठाइरहेको सहकारी ठगी र गिरीबन्धु टीस्टेटसँग जोडिएको जग्गा प्रकरणको विषयमा अनुसन्धान प्रभावित गर्ने र सत्ताको बलमा दोषी उम्काउने खेल नरोकिए प्रतिवादमा उत्रने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस