काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विपक्ष दलको आग्रहपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
हिजो बसेको बैठकमा काँग्रेस र एमालेका सांसदहरूबिच धकेलाधकेलको स्थिति बनेपछि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसोलाई सारिएको हो ।
काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ । तर, सहकारी प्रकरणमा समिति गठन हुने विषयमा सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ ।
सदनको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली तथा गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए । यता, काँग्रेस सभापति शेरबहादुर देउवाले पनि विपक्ष दलहरूसँग छलफल गरेका छन् ।
