काठमाडौँ । पर्सामा आफ्नै ५ महिनाको छोराको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
२०८० साउन २७ गते बिहान ९ बजे पर्साको वीरगन्ज महानगरपालिका १७, अलौ बस्ने २२ वर्षीया आरती कुमारीले ५ महिनाको छोराको घाँटी छिचेर हत्या गरेको आरोप छ।
बिहान ९ बजे घरमा कोही नभएको अवस्थामा उनले छोराको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ।
उनी भारतको पूर्वी चम्पारण थाना रक्सौल, पोस्ट सिंहपुर हरैया ग्राम एकडर्वा टोलमा बस्दै आएकी थिइन्।
२०८० कात्तिक १९ गते अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।