काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले सरकारबाट हट्नु पर्दाको पीडा सदनमा पोखिरहेको आरोप लगाएका छन् ।
एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसले मानेपनि नमाने पनि १५ गतेभित्र नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याएरै छाड्ने बताए ।
उनले भने, ‘काँग्रेसले सरकारबाट बाहिरिनुपर्दाको पीडा पोखेर कराइरहेको छ, अब समय थोरै छ, आज ४ गते भयो १५ गतेभित्र नीति तथा कार्यक्रम पास गरेर बजेट पेस गर्नुछ । त्यसकारण काँग्रेस मान्छ भने मान्छ, मान्दैन भने हामी संसद त चलाउँछौँ, नीति तथा कार्यक्रम पास गर्नैपर्छ, देशलाई बजेट दिनै पर्छ, देशलाई नै ठप्प पार्ने अनि काँग्रेसले यसलाई बोल्न दिन्छु भन्दा दिने दिन्न भन्दा नदिने हुन्छ रु काँग्रेसले जेजे भन्यो त्यही मान्दिनुपर्ने रु’
उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाएर बोल्न नदिएकोप्रति आक्रोश पोखे ।
उनले थपे, ‘आरोप लगाउँछ संसदमा बोल्छु भन्दा बोल्न दिँदैन । हामी संसद चलाउँछौँ उसले संसद चाहिँदैन भन्ला रे हामी मान्छौँ त ? काँग्रेसले ओलीले संसद विघटन गर्ने ठाउँमा पुर्यायो भनेर बेइमानी कुरा गरिरहेका छन् ।’