८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहद्वारा अध्यागमनलाई अधिकार प्रत्यायोजन, गैर आवासीय अध्ययन भिसा विभागबाटै जारी हुने

अ+ अ-

काठमाडौँ । अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकलाई थप अधिकार प्रत्यायोजन गरेको छ ।

अध्यागमन विभागका महानिर्देशकले आगमन बिन्दुमा भिसा (अन अराइभल भिसा), गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने गरी पहिलो पटक मन्त्रालयले अधिकार प्रत्यायोजन गरेको हो । 

शुक्रवार मन्त्री स्तरीय निर्णयबाट प्रत्यायोजित अधिकारबाट निर्णय प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउनुका साथै विभागलाई थप जिम्मेवार बनाउने विश्वास गृह मन्त्रालयले लिएको छ । 

अध्यागमन ऐन, २०४९ तथा सोको नियमावली, २०५१ र कार्यविधि २०६५ ले व्यवस्था गरे बमोजिम मन्त्रालय (सीमा तथा अध्यागमन शाखा)बाट सम्पादन भइरहेका कार्यहरूमध्ये फाइल पेस भई मन्त्रालयबाट विभिन्न तह हुँदै निर्णय हुने झन्झटिलो प्रक्रियाले काममा ढिलासुस्ती र अनावश्यक प्रक्रियाको अवलम्बन हुने भएकोले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागका महानिर्देशकबाटै टुङ्गिने गरी अधिकार प्रत्यायोजन भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । 

महानिर्देशकले गृहमन्त्रीस्तरबाट २०६६-०७-१६ मा निर्णय भए बमोजिम ११ वटा निषेधित देशहरू (इराक, प्यालेष्टाइन, अफगानिस्तान, इथियोपिया, लाइबेरिया, सोमालिया, नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्याण्ड र क्यामरुन) बाट नेपाल आउने नागरिकहरूलाई प्रचलित कानुन बमोजिम आगमन बिन्दुमा भिसा (अन अराइभल भिसा) जारी गर्न सक्नेछन् ।

अध्यागमन नियमावली, २०५१ को नियम १० (क) को कार्यका लागि अध्यागमन नियमावली, २०५१ को नियम १२ को उपनियम (१) को खण्ड (झ) बमोजिमका विषयमा अध्ययन भिसा जारी गर्ने सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको हो । अध्यागमन नियमावली, २०५१ को नियम ३१ क खण्ड (ग) सँगको सम्बन्धित भिसा दस्तुर छुट दिन सक्ने छन्  भने विदेशी नागरिकलाई कार्य सहमति प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७७ बमोजिम कार्य सहमति प्रदान गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ ।

प्रत्यायोजन भएका विषयको कार्य फर्स्योट प्रतिवेदन साप्ताहिक-मासिक रूपमा मन्त्रालयमा पेस गर्ने गरी गरिएको अधिकार प्रत्यायोजनले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउने गृह सचिव एकनारायण अर्यालको विश्वास छ । ‘सेवा प्रवाहलाई जतिसक्दो कम झन्झटिलो र छिटो बनाउने मुख्य उद्देश्य हो’, गृह सचिव अर्यालले भने, ‘जति धेरै स्टेप भयो त्यति नै धेरै समय र जनशक्ति लाग्ने भएकोले महानिर्देशकबाटै टुङ्गिने विषयलाई मन्त्रालयसम्म किन पुर्‍याई राख्न भनेर प्रक्रिया नै छोट्याइएको हो ?’

यसले विभागलाई थप जिम्मेवार बनाउनुका साथै मन्त्रालयको बोझसमेत घटेको र जसको सकारात्मक प्रभाव सेवा प्रवाहमा पर्ने गृह सचिव अर्यालको भनाई छ । शुुक्ष्म रूपमा चलाइएको आन्तरिक शुद्धीकरण अभियानमार्फत सेवालाई चुस्त र प्रभावकारी बनाउँदै लगेका गृह सचिव अर्यालले गृह प्रशासनको मुहार फेर्न विभिन्न सुधारका योजनाहरू अघि सारेका छन् । जसको प्रभाव क्रमशः मातहत कार्यरत कर्मचारी र आम नागरिकले महसुस गर्न थालेका छन् । 

प्रतिक्रिया दिनुहोस