गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई जनाको मृत्यु भएको छ ।
सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय मेष तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै गोरखा नगरपालिका-१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका-५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।