काठमाडौँ । काठमाण्डौँ । नेपाल प्रहरीका चार जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दान कार्की, मनोज केसी र राजन अधिकारीलाई बढुवा सिफारिस गरेको हो ।
मेरिटसँगै कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको र यसले सङ्गठनलाई बलियो बनाउने हेड क्वाटर स्रोतले बतायो ।