७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागूपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ

अ+ अ-

काठमाडौँ । लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

लापसे गरेर सवारी चलाइरहेका उनीहरूलाई प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका–१ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका–३ का २६ वर्षीय सुशील परियार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका–१० का २६ वर्षीय पारस अधिकारी, मधेश प्रदेश ०३–००१ ख ७७ ४४ नम्बरका ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ का २७ वर्षीय सुरेश तामाङ, बागमती प्रदेश ०१–००३ क ८७ ३४ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–२ का ३१ वर्षीय श्रीकृष्ण कार्की र ना ६ ख २९ ०९ नम्बरका ट्रक चालक चितवनको राप्ती नगरपालिका–३ का २२ वर्षीय जीवन राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब,ड्रग्स किटमा राखेर चेक गर्दा लागूपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रूपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । 

नागढुङगामा हिजो २५ ओटा सवारी साधनलाई चेक गर्दा ६ ओटा सवारी साधनका चालकले भने लागूपदार्थ सेवन गरेको पाइएको हो ।  

ट्राफिक प्रहरीले नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाएको छ । चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको एसएसपी श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस