९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको संसदीय राजनीति दादागिरी शैलीको भयो : बर्तौला 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सत्ताको वरिपरि मात्र घुमिरहने काँग्रेसका प्रवृत्तिका कारणले संसदमा गतिरोध आएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित युवा विचार गोष्ठी कार्यक्रममा उनले गुलियो चास्नीमा घुमिरहने झिँगा जस्तै सत्ताको वरिपरि काँग्रेस घुमिरहेको भन्दै त्यही कारणले आज संसद अगाडि बढ्न नसकेको बताए । 

उनले भने, ‘समग्रमा भन्नुपर्दा एउटै कारण गुलियो चास्नीमा फन् फनी घुमिरहने झिँगा जस्तै सत्ताको वरिपरि मात्र घुमिरहने काँग्रेसका प्रवृत्तिका कारणले गर्दा संसदमा गतिरोध आयो र आज संसद अगाडि बढ्न सकेन । सारमा कुरा यही नै हो । काँग्रेसमा राजनीतिक पूर्वाग्रह छ, मुलुकको समस्यालाई सम्मान गर्ने दिशातर्फ छैन । नीति तथा कार्यक्रम देशको महत्वपूर्ण विषयलाई छलफल गर्न नदिनेगरी अगाडि बढेको छ ।’

उनले देशलाई अस्थिरतातर्फ लाने प्रयत्नको फेरि पनि प्रायोजित षड्यन्त्रमा नेपाली काँग्रेस लागेको कुरा पनि प्रष्ट भएको बताए । काँग्रेस राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय दादागिरीमा लान चाहन्छ भन्ने कुरा प्रष्ट भएको पनि उनको भनाइ छ । 

उनले भने, ‘काँग्रेसका एक नेता जसले संसदमा अध्यक्ष केपी ओलीमाथि अशिष्ट व्यवहार प्रदर्शन गरे । त्यसैले काँग्रेस राजनीतिलाई इमानबाट निर्देशित होइन संसदीय मूल्य र मान्यताको जगबाट संसद चल्न होइन, दादागिरीमा लान चाहन्छ भन्ने कुरा पुष्टि हुन्छ ।’ संसद्मा जसरी उदण्ड प्रस्तुतिहरू प्रतिपक्षले देखाएको छ यसले संसदीय प्रणालीमाथि प्रश्नचिन्ह खडा हुने अवस्था निर्माण भएको पनि उनको भनाइ छ । 

उनले भने, ‘लोकतन्त्रको मसिहा ठान्ने, संसदीय राजनीतिको निकै लामो अनुभव छ भनेर दाबी राख्ने नेपाली काँग्रेसको लगातार संसद भित्रको अवरोधले गतिरोध आएको सबैलाई थाहा नै छ । नेपाली काँग्रेसको अरु कुनै उद्देश्य यसमा छैन । देशभरका सहकारीहरूमा आएको समस्याको समाधान गर्न एमाले पनि चाहन्छ । तर एक दुई वटामात्र सहकारीका छानबिन गर्ने उद्देश्य राखेर जसरी प्रमुख प्रतिपक्षका साथीहरुले उदण्ड प्रस्तुतिहरू उहाँहरूबाट भइरहेको छ, यसले संसदीय प्रणालीमाथि प्रश्न चिन्ह खडा हुने अवस्था निर्माण भएको छ ।’ 

प्रतिक्रिया दिनुहोस