१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल किसान सूचीकरण सकाउन सरकारलाई निर्देशन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय किसान आयोगले किसान सूचीकरण कार्य तत्काल सम्पन्न गरी परिचयपत्र वितरण गर्न सरकारलाई निर्देशन दिएको छ । 

आयोगको ५०औँ बैठकबाट भएका १६बुँदे निर्णयमा किसान परिचयपत्र वितरण गर्दै कृषि कर्जा र बीमा कार्यक्रमलाई किसान परिचयपत्रसँग आबद्ध गर्न सरकारलाई निर्देशन दिएको हो ।

आयोगले सीमान्तकृत, विपन्न, न्यून, मध्यम किसानका लागि न्यूनतम दुई प्रतिशत ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउनुपर्ने निर्णय गरेको आयोगले जनाएको छ । 

आयोगका अनुसार आयोगले बैंकबाट कृषक वा व्यवसायीले कर्जा लिँदाको बखतको ब्याजदर स्थिर नभई बढ्ने जोखिमबाट किसान वा व्यवसायीलाई संरक्षण गर्ने गरी बैंकले नीतिगत सुधार गर्नुपर्ने निर्देशन पनि दिएको छ ।

आयोगले कृषि कर्जाको प्रभावकारी सदुपयोगका लागि प्रत्येक स्थानीय स्तरमा सम्बन्धित स्थानीय तहको प्रमुखको संयोजकत्वमा समन्वय तथा अनुगमन समिति गठन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ स्थानीय तहलाई निर्णयानुसार निर्देशन दिएको हो ।

आयोगको निर्णयअनुसार सबै स्थानीय तहलाई कृषि ऋणको प्रभावकारिताको बारेमा अनुगमन गरी वार्षिक रूपमा नेपाल राष्ट्र बैंक तथा सम्बन्धित मन्त्रालयलाई प्रतिवेदन बुझाउने व्यवस्था गर्नुपर्ने निर्देशन दिइएको छ । आयोगका अनुसार आयोगले कृषिसम्बन्धी प्रदेशका जिल्ला स्थित कार्यालय तथा स्थानीय तहका कृषि तथा पशुपन्छी विकास शाखामा कार्यरत कर्मचारीको कार्य जिम्मेवारीमा किसानलाई कृषि कर्जा तथा बीमा कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने गरी तोक्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस