काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले सोमबार बिहान १०ः२० बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
सशस्त्र प्रहरीका अनुसार, सशस्त्र प्रहरीबाट पहिलो पटक पौडेलले सगरमाथा आरोहण गरेका हुन् । उनी शेर्पा एक्स्ट्रिम प्रा.लि.मार्फत ३० चैतमा सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए ।
२०६७ सालमा खुला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा प्रवेश गरेका पौडेल स्याङ्जाका स्थायीवासी हुन् ।