८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

अ+ अ-

वीरगञ्ज, (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ ।

महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु तीन करोड १८ लाख ९८ हजार २९  रकम बढी सङ्कलन गरेको हो । महानगरले गत आवको १० महिनामा रु ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै रु ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य भए तापनि हालसम्म रु ४० करोडको हाराहारीमा मात्रै राजस्व सङ्कलन भएको जानकारी दिए । ‘आर्थिक मन्दीका कारण वीरगञ्जमा व्यापार घटेको छ, यसको राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ’ उनले भने । 

 महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई चालु आर्थिक वर्षमा मालपोत कर रु  ५० करोड रकम सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए । ‘‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले रु१३ करोड ९३ लाख ६२ हजार मात्रै सम्पत्ति कर९मालपोत० कर उठेको छ,’’ उनले भने,‘‘आन्तरिक राजस्व अपेक्षाकृत रूपमा सङ्कलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ ।’’ 

महानगरले २४  शीर्षककमा आन्तरिक राजस्व बापत आम्दानी गर्दै आइरहेको छ । महानगरले यस वर्ष घर बहाल कर बापत रु चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छ भने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने रु दुई करोड सात लाख ९२ हजार सङ्कलन गरेको छ ।

महानगरले बहाल करतर्फ रु तीन करोड २६ लाख ४४ हजार तथा अन्य सेवा शुल्कबापत रु दुई करोड ४१ लख ४३ हजार, नक्सा पास दस्तुर रु दुई करोड ९२ लाख ४ हजार  उठाएको छ । गत आवमा  रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस