काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले काँग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्न नहुने बताएका हुन् ।
‘काँग्रेसले आफूलाई सम्हाल्नुपर्यो काँग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास मूल्य मान्यतामा आउनुपर्यो’, उनले भने ।
त्यसो भए घेराउकै बीच बजेट ल्याउने हो भन्ने प्रश्नमा ओलीले यसअघि पनि त्यसरी बजेट आएको बताए । ‘घेराउका बीच बजेट आएका छैनन् ? हामीले १२ पल्ट घेराउ गर्दागर्दै बजेट आएको देख्नुभएको थिएन ?’, ओलीले प्रश्न गरे ।
५ जेठमा शीर्ष नेताहरुबीच भएको सहमति अनुसार सहकारीको बचत अपचलनमा छानबिन समिति बन्न सक्ने ओलीले बताए । ‘५ गते टुङ्गिएको अनुसार हो भने (छानबिन समिति) बन्न सक्छ’, उनले भने ।