९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकै महिनामा सवा २ अर्ब बराबरको स्मार्ट फोन आयात

अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै करिब डेढ लाख सेट स्मार्टफोनहरू नेपाल भित्रिएका छन् ।

चालू आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा मात्रै २ अर्ब २५ करोड ९५ लाख ४१ हजार रुपैयाँ बराबरको १ लाख ३६ हजार ७९९ थान स्मार्टफोन आयात भएका हुन् । गत चैत महिनामा मात्रै २ अर्ब ५१ लाख १३ हजार रुपैयाँ बराबरका १ लाख ४२ हजार ३६४ थान स्मार्टफोनहरू नेपाल भित्रिएका थिए ।

चालू आर्थिक वर्षको १० महिनासम्म कुल २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरका १५ लाख २८ हजार ६४४ थान स्मार्टफोनहरू नेपाल भित्रिएका छन् । जस बापत नेपाल सरकारले ४ अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालू आर्थिक वर्षको मंसिर महिनामा मात्रै १ लाख ११ हजार ४०४ सेट स्मार्टफोनहरू नेपाल भित्रिएका थिए । त्यस्तै, फागुन महिनामा १ लाख २२ हजार ७९० थान र चैत महिनामा मात्रै १ लाख ४२ हजार ३६४ थान स्मार्टफोन नेपाल भित्रिएका थिए ।

नेपालमा स्मार्टफोनको सबैभन्दा ठुलो आयातकर्ता चीन हो । त्यसपछिको दोस्रो ठुलो आयातकर्ता भारत हो । नेपालमा संयुक्त राज्य अमेरिका, भियतनाम, जापान, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, दक्षिण कोरिया, कतार, कुवेत, साउदी अरेबिया, बेलायत, मलेसिया, सिंगापुर, क्यानडा, फिनल्याण्ड, हङकङ, रोमानिया, बहराइन, नेदरल्याण्ड्स, फ्रान्सबाट पनि स्मार्टफोनहरू आयात हुने गरेको छ ।

त्यस्तै ओमान, साइप्रस, डेनमार्क, जर्मनी, माल्टा, इराक, इजरायल, पोल्यान्ड, बेल्जियम, जोर्डन, मालदिभ्स, न्युजिल्याण्ड, भानुअतु, कम्बोडिया, ग्रीस, नर्वे, पोर्चुगल, स्पेन, स्वाजिल्याण्ड, स्विट्जरल्याण्ड, थाइल्याण्ड, युक्रेन, अफगानिस्तान, क्रोएसिया, आयरल्याण्ड, इटाली, सेशेल्स, स्लोभेनिया, श्रीलंका, स्विडेन, ताइवान, ट्युनिसिया र संयुक्त गणतन्त्र तान्जानिया गरी ५४ राष्ट्रबाट स्मार्टफोन आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस