काठमाडौँ । जेठ १ गते यता प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले संसदको बैठक लगातार अवरुद्ध गर्दै आएको छ । जेठ ६ मा संसद बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणबारे आफ्ना भनाइ राख्न समय दिएको काँग्रेसले अन्य बाँकी सबै बैठकमा बेल घेराउ गरेर विरोध जनाइरहेको छ ।
संसद बैठक जति समय चल्छ, त्यति नै समय काँग्रेस सांसदहरुले नाराबाजी गर्ने गरेका छन् । संसदमा काँग्रेस सांसदको दिनचर्या देख्दा लाग्छ काँग्रेसको प्रमुख जनहितको विषय नै सहकारी ठगी प्रकरण हो । गृहमन्त्री लामिछानेले सदनमा दिएको प्रष्टीकरण र त्यसअघि र पछि काँग्रेस सांसदहरूबाट आएका टिका टिप्पणीलाई हेर्ने हो भने देश र जनताको लागि भन्दा पनि व्यक्तिगत इगोका कारण सदन अनिर्णयको बन्दी बनेको हो ।
सांसदहरु स्वतन्त्र हुनुपर्ने हो । तर, न सांसद स्वतन्त्र छन्, न संसदले स्वतन्त्र रूपमा नै कुनै निर्णय गर्न सक्छ । सभामुखको भूमिकालाई लिएर पनि काँग्रेस सांसदहरुले टिप्पणी गरे । काँग्रेस संसदीय दलको बैठकले सभामुख देवराज घिमिरेको भूमिका तटस्थ नभएको भन्दै सभामुखलाई तटस्थ र निष्पक्ष हुन आग्रह नै गर्यो ।
भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीका दर्जनौँ मुद्दा छन् । तर, ती मुद्दा भन्दा सरकार टिकाउने र गिराउने मुद्दा नै अहिले प्राथमिकतामा छ । त्यो पनि सहकारीको ढालमा । त्यसो त सदनमा विपक्षीको विरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिए । आफूले उठाएको सहकारी प्रकरणको गम्भीर मुद्दा सत्तापक्षले ओझेलमा पार्न खोजेको काँग्रेसको बुझाइ छ भने काँग्रेस व्यक्तिमा केन्द्रित भएको सत्तापक्षको बुझाइ छ ।
मङ्गलवारको बैठकमा पनि काँग्रेसले ‘बचतकर्ताको बचत फिर्ताको सुनिश्चितता नभएसम्म’ आफूहरूले विश्राम नलिने जनाएको छ । यसको अर्थ सदन अवरोध भइरहन्छ भन्नु नै हो ।
प्रतिपक्षी काँग्रेसले संसदीय छानबिन समिति नबनेसम्म सदन नचल्ने जनाउँदै अवरोध गरे पनि सभामुखले भने संसदको गतिविधि अघि बढाए । बैठक सुरु भए लगत्तै बोलेका काँग्रेस सांसद बद्री पाण्डेले भने, ‘संसदीय छानबिन समिति बनाऊँ, दाबी अनुसार वहाँ (रवि लामिछाने) संलग्न भएको होइन भने वहाँले उन्मुक्ति पाउनुहोस्, सफाइ पाउनुहोस् । दाबी अनुसार वहाँ संलग्न भएको हो भने माननीय गीता बस्नेतलाई जस्तै वहाँलाई पनि पक्राउ पुर्जी जारी होस् ।’ पाण्डेले गृहमन्त्री लामिछानेले संसद्मा बोल्ने अवसर पाउँदा समेत लाखौँ–करोडौँ मानिसहरूलाई बराल्ने काम गरेको बताए ।
सहकारीका बचतकर्ताको रकम अपचलनबारे संसदीय छानबिन गर्नुपर्ने काँग्रेसको माग र त्यसलाई नकार्ने सत्तापक्षको अडानले गर्दा सत्तापक्ष र प्रतिपक्षबिचको तनाव सदनमा छताछुल्ल छ । ‘सदन विचार र सिद्धान्तकै द्वन्द्वात्मक थलो हो,’ सांसद पाण्डेले भने, ‘तर यसलाई बाहुबलको थलो बनाउने र बल प्रयोग गर्ने कुराले लोकतन्त्रका मूलभूत मूल्य र मान्यतामाथि प्रहार गरेको हो ।’ एउटा सहकारी ठगलाई जोगाउनका लागि संविधान र लोकतन्त्रका मूल्य र मान्यताप्रति धावा बोल्ने काम भएको उनको आरोप छ । उनले सरकारलाई सचेत गराउँदै भने, ‘इँटको जवाफ पत्थरले दिनुपर्ने हुन सक्छ ।’

संसदभित्र धरपकड भएको सांसदहरुले बताएका छन् । पछिल्लो गतिविधिप्रति टिप्पणी गर्दै राप्रपाका सांसद ज्ञानबहादुर शाहीले संसदीय व्यवस्था कामै नभएको भन्दै सङ्घीयता नै खारेज गर्नुपर्ने बताए । ‘२०४६ सालदेखि निरन्तर झगडै झगडा । आज युक्रेन र रसियामा अलपत्र परेका नागरिकको उद्धार गर्न सम्म सरकारले सकेको छैन,’ उनले भने, ‘विकास निर्माण भन्दा पनि संसद झगडा गर्ने थलो बन्यो । यो संघीय व्यवस्था नै खारेज गरौँ, टन्टै साफ । जनताबाट पार्टी सिस्टम नै हटाइ दिऊ ।’
नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा हुने यस्ता गतिरोधले आत्तिन नहुने प्रतिक्रिया दिए । ‘यो संसद ८४ सालसम्म अगाडि बढ्छ,’ उनले भने, ‘यस्ता गतिरोधहरू संसदमा आइरहन्छ । आत्तिनु हुँदैन । संसद भनेकै छलफल गर्ने थलो हो । कहिले छलफल अलिकति तातो–तातो हुन्छ, कहिले चिसो चिसो हुन्छ ।’ निकास संसदबाटै निकाल्ने उनको भनाइ छ । संसदीय समिति बनाउने विषयमा दलहरुबीच सहमति बनी सकेको उनले बताए ।
कार्यादेश बनाउने विषयमा कार्यदलले छलफल गरिरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार अबको दुई÷तीन दिनमा सहमति हुने छ । भोलि गृहमन्त्रीको कहीँ संलग्नता देखिएमा समितिले सोधपुछ गर्न सक्ने, तर अहिले नै गृहमन्त्रीलाई दोषी ठहर गरेर समिति बन्न नसक्ने भट्टराईले स्पष्ट पारे । ‘संसदीय समितिको माग उठाएर काँग्रेस फस्यो,’ उनी भन्छन्, ‘समितिसँग पोख्त म्यान पावर पनि हुँदैन, प्रविधि पनि छैन । उहाँहरूले सुन काण्डमा जस्तो न्यायिक आयोग मागेको भए त्यसले राम्रो छानबिन गर्थ्यो ।’
प्रमुख प्रतिपक्षले राखेका माग सम्बोधन गर्न सरकार तयार रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी बताए । ‘पेलेर अघि बढ्न खोजेको होइन, यसमा भ्रममा नपरौँ’, उनले भने, सहमतिका लागि आज बिहानसम्म पनि प्रयास गरेका थियौँ । कार्यदलमा भएका सदस्यहरूबिच धेरै कोणबाट छलफल पनि भएको छ ।’ उनले सहमतिको नजिक नजिक पुगेको प्रतिक्रिया दिए । प्रतिपक्ष दलका नेताहरूसँग पनि छलफल भइरहेको उनले बताए ।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले काङ्ग्रेससँग सहमतिको प्रयास भइरहेको प्रतिक्रिया दिए । ‘सकेसम्म अझै पनि संवाद, सहमति र सहकार्यको प्रक्रियाद्वारा सदन चलाउने प्रयत्न हुँदैछ । त्यसको सङ्केतको रूपमा आज प्रतिपक्षले बोल्ने सहमति भएरै बोल्नु भएको हो उहाँ (बद्री पाण्डे)’, उनले भने, ‘सहमति भएर नै माननीय बद्री पाण्डे ज्यूले आफ्नो कुराहरू राख्नु भएको छ ।’ उनले किस्ता किस्तामा सहमति हुने बताए ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले मध्यमार्गीका लागि सरकारले धर्यता गरिरहेको बताए । सुरुदेखिका गतिविधि हेर्ने हो भने काँग्रेसले सिधै मुठभेडमा लगेको बताउँदै उनले भने, ‘राष्ट्रपतिलाई नीति तथा कार्यक्रम वाचन गर्न प्रस्ताव गर्न दिने तर धन्यवाद दिन नदिने भनेको उहाँहरू (काँग्रेस)को आन्दोलनको पनि शृङ्खला मिलेको छैन ।’ संसदमा भइरहेका गतिविधि र क्रियाकलाप शोभनीय नभएको उनको भनाइ छ । सरकारमा सामेल सबै राजनीतिक दल छानबिन समिति बनाउन सैद्धान्तिक रूपमा सहमत भइसक्नु भएको छ । उनले भने, नेपाली काँग्रेसलाई छानबिन समिति चाहिएको हो कि, अन्य कुनै … ।’
काँग्रेस सांसद आरजू राणा देउवाले नेपाली काँग्रेसले जनताको बचाउन गर्दै आएकोले अहिले पनि जनताको बचाउकै पक्षमा लागिको बताइन् । ‘घाँस दाउरा काटेर दुःख गरेर बचाएको पैसा अहिले हिनामिना भएको छ । यसको न्यायोचित छानबिन होस् भन्ने काँग्रेसको माग हो’, उनले भनिन्, ‘सदनको काम होइन यो ? यो काम पनि नगरेर के गर्ने ?’
सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ
सम्बन्धित समाचार : व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
सम्बन्धित समाचार : गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता
सम्बन्धित समाचार : योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
सम्बन्धित समाचार : रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ
सम्बन्धित समाचार : नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’
सम्बन्धित समाचार : सरकार सुशासनमा केन्द्रित भए व्यवस्थाप्रतिका गुनासा आफैँ कम हुन्छन् : संघीयताविज्ञ देवकोटा
सम्बन्धित समाचार : प्रणाली सुधार नगरेसम्म सुशासन कायम हुँदैन भन्नेमा राप्रपा स्पष्ट छ : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : सुशासनका लागि अडान लिन नसक्ने कर्मचारी प्रशासनले राजनीतिलाई बदनाम गरायो : शेरबहादुर कुँवर
सम्बन्धित समाचार : राजनीतिक दल र सरकारी संरचनामा ‘उप’ दोस्रो पद महिलाकै हो भन्ने भ्रम छ : उपाध्यक्ष घिमिरे
सम्बन्धित समाचार : शिक्षकको राजनीति : दलसँगको आबद्धता त्याग्न समय दिनुपर्छ, जबरजस्ती गरे प्रत्युत्पादक हुन्छ !
सम्बन्धित समाचार : ज्येष्ठ नागरिकलाई वृद्धाश्रम लगेर छोड्ने प्रवृत्तिको अन्त्यका लागि कार्यविधि बनाइँदै छ -मन्त्री चौधरी
सम्बन्धित समाचार : देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : ‘अत्यासलाग्दो’ डढेलोप्रति सांसदहरूको चासो, सरकारको मुख ताक्नु भन्दा स्थानीय नै सचेत हुनुपर्छ
सम्बन्धित समाचार : कर्मचारीतन्त्र र सेवा प्रवाह परम्परागत रूपमै चलेको छ : सांसद गैरे
सम्बन्धित समाचार : मन्त्री फेरिइरहने र आफू अनुकूलका मान्छे खोज्ने प्रवृत्तिले कर्मचारीलाई अस्थिर बनायो: पूर्वमन्त्री डा. महतो
सम्बन्धित समाचार : कर्मचारी केन्द्र केन्द्रित भए, अधिकांश काठमाडौँ बाहिर जाँदै जाँदैनन् : सांसद अधिकारी
सम्बन्धित समाचार : कर्मचारीतन्त्रले जहिले जमिनतर्फ हेर्छ : सांसद थपलिया