६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालिकाको धुरीमा रु १८ लाख खर्चेर भक्तजनलाई खानेपानीको व्यवस्था

अ+ अ-

गलेश्वर (म्याग्दी) ।  म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा यही जेठ १० गते(बिहीबार) परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब रु १८ लाखको लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ ।

समुद्र सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा दुई किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी ल्याएर भक्तजनलाई खानेपानीको व्यवस्था गरिएको हो ।

कुइनेमङ्गले निवासी भरत छन्त्याल र खिममाया छन्त्यालको व्यक्तिगत रु सात लाख ६५ हजार र रघुगङ्गा गाउँपालिकाको रु १० लाख  गरी रु १७ लाख ६५ हजार र रु ३५ हजार बराबरको स्थानीयको श्रमदानबाट मालिका देउरालीमा खानेपानी पुर्‍याइएको शीतल मालिका युवा क्लबका निवर्तमान अध्यक्ष एवं रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका अगुवा युवा प्रविन छन्त्यालले जानकारी दिए । 

 पूर्वअध्यक्ष छन्त्यालका अनुसार मालिका देउरालीबाट दुई किलोमिटर पर रहेको लिसेखर्क भन्ने ठाउँबाट पाइपमार्फत मालिका देउरालीमा पानी पुर्‍याइएको हो । यसअघि मालिका मन्दिरमा खानेपानी नहुँदा त्यहाँ पुग्ने भक्तजनले सास्ती व्यहोर्दै आउनुपरेको थियो । एक घण्टाको दूरीमा रहेका मूलहरूबाट पानी बोकेर भक्तजन मालिका मन्दिरमा पुग्नुपर्ने अवस्था रहेकामा देउरालीमा पानी पुगेपछि भक्तजनलाई सुविधा पुगेको छन्त्यालले बताए । 

पानीको मुहान रहेको लिसे खर्कबाट धारा राखिएको मालिका देउराली उकालो दुई किलोमिटर उकालोमा पर्दछ । उकालो भएकाले पानी चढ्न गाह्रो हुने भएको र लगातार धारोमा पानी नझर्ने भएकाले एक हजार लिटरको ट्याङ्कीमा पानी भर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । 

मालिका मन्दिर परिसरको धरम पानीसम्म पानी पुर्‍याउने योजना रहेको भए पनि ठाडै उकालो भएकाले पानी नचढेपछि देउरालीमा धारा राखिएको उनले बताए । ठाडाखानी, हिदी र टोड्केको बाटो हुँदै  मालिका मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीहरूलाई देउरालीमा पानी हुँदा निकै सहज हुने रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए । यो समय पानीको स्रोत पर्याप्त नहुँदा पानी अनावश्यक खेर नफालिदिनुहुन मालिका खानेपानी समितिले त्यहाँ पुग्ने भक्तजनलाई अनुरोध गरेको छ ।

मालिका म्याग्दीको ऐतिहासिक धार्मिकस्थल एवं प्रमुख पर्यटकीयस्थल हो । समुद्र सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित यो मन्दिर विकट भूगोलमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाका वडा नं ६, ७ र रघुगङ्गा गाउँपालिका–६ को सिमानामा रहेको मालिकामा विशेषगरी चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीका र बालाचतुर्दशीमा पूजाआजासहित भव्य मेला लाग्ने गर्दछ । मालिकाको पूजाआजा, दर्शन र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस