९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा चार प्रतिवेदन पेस

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा विभिन्न चारवटा प्रतिवेदन पेस भएका छन् । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकमा पार्टीको राजनीतिक, साङ्गठनिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदन पेस भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले साङ्गठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गरेका हुन् । 

ती प्रतिवेदनलाई सामान्य परिमार्जनसहित यही जेठ ११, १२ र १३ गते काठमाडौँमा बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने जनाइएको छ ।

त्यस्तै, आज बसेको बैठकले राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानूनविपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट रहेको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्ने जनाउँदै पार्टीले गृहमन्त्रीमाथि लागेका आरोपबारे पनि छानबिन गरिनुपर्ने धारणा सार्वजनिक गरेको छ । 

प्रतिक्रिया दिनुहोस