११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिचन्द्र कलेज र आन्दोलनरत आंशिक शिक्षकबीच सहमति

अ+ अ-

काठमाडौँ । त्रिचन्द्र क्याम्पस प्रशासन र आन्दोलनरत आंशिक शिक्षकहरूबीच सहमति भएको छ ।

बुधबार साँझ भएको वार्तामा केही महिनाको पारिश्रमिक पुरानै दरमा दिने र त्रिवि कार्यकारीको निर्णय आएपछि सोही अनुसार लिने/दिने सहमति जुटेको क्याम्पस प्रमुख प्रा।डा। निलम श्रेष्ठले जानकारी दिइन् ।

आंशिक शिक्षकलाई दिइने पारिश्रमिकको विषयमा दुई पक्षबीच विवाद भएको थियो । २०७७ सालदेखि आंशिक शिक्षकहरूले प्रतिपिरियडको ५९० रुपैयाँ पाउँदै आएका थिए । गत वर्ष लेखाले बेरुजु देखाएको भन्दै एक पिरियड पढाएको ३९४ रुपैयाँ मात्रै दिने भनेपछि आंशिक शिक्षकहरूले विरोध जनाएका थिए ।

पहिले पाउँदै आएकै दरमा पारिश्रमिक पाउनुपर्ने अडान उनीहरूको थियो । तर क्याम्पसले एक घण्टाको लागि तोकिएको पारिश्रमिक ४० मिनेट पढाउँदा दिन नमिल्ने भनेपछि उनीहरू पढाइ ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

त्रिवि कार्यकारीले आंशिक शिक्षकलाई न्याय हुने गरी नियम बनाउने प्रतिबद्धता दिएको उनले बताइन् । करिब ७० प्रतिशत कक्षाभार लिइरहेका आंशिक शिक्षकहरूले ३ जेठबाट पारिश्रमिकको माग गर्दै प्रशासन, लेखा, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरूको कार्यकक्षमा ताला लगाएर कक्षा लिन छाडेपछि पढाइ ठप्प भएको थियो ।

त्रिचन्द्र क्याम्पसमा हाल २१६ जना आंशिक शिक्षक कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस