काठमाडौँ । जनता समाजवादी पार्टीले नेता, कार्यकर्ता तथा पार्टीप्रति शुभेच्छा राख्ने सबैमा भ्रममा नपरी पार्टी कामलाई निरन्तरता दिन आग्रह गरेको छ ।
जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर बनेको जसपाले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले अल्पकालीन आदेश मार्फत हाललाई जनप्रतिनिधिहरूलाई मात्र जनता समाजवादी पार्टी,नेपाल र त्यसबाट अलग भई बनेको जनता समाजवादी पार्टी मध्ये एक रोजेर निर्वाचन आयोगमा सनाखत गर्न मात्र स्थगित गरेको स्पष्ट पारेको छ।
जनता समाजवादी पार्टीमा सनाखत गरी सकेका संघीय सांसद, प्रदेश सांसद तथा जनप्रतिनिधिहरूलाई काम गर्न बन्देज नलगाएको बताउँदै पार्टीको सम्पूर्ण काम संविधानले दिएका समिति निर्माण, भेला, सम्मेलन, पार्टी समिति रूपान्तरण गर्ने जस्ता संगठानिक काम गर्न जनता समाजवादी पार्टीका महासचिव मो. ईस्तियाक राईले आफ्ना कार्यकर्तालाई एक विज्ञप्ति मार्फत स्पष्ट पारेका छन् ।
पार्टीका महासचिव मो। ईस्तियाक राईद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४को नियम ५ बमोजिम निर्वाचन आयोगमा दर्ता भई प्रमाण जारी भएको र सम्मानित सर्वोच्च अदालतबाट न्याय निरूपण हुने विश्वास व्यक्त गरेका छन् ।
