७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४९ अधिकृतको सरुवा तथा पदस्थापन, हेर्नुहोस् को कहाँ ? 

अ+ अ-

काठमाडौँ । ४९ जना अधिकृतहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय, प्रदेश तथा स्थानीय निकायमा अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार शाखा अधिकृतहरू कृष्ण प्रसाद सापकोटा, निर्मला खनाल दाहाल, उपेन्द्र साह, अनिल कुमार यादव, बद्री प्रसाद अर्याल, विमल कुमार काफ्ले, हरिश्चन्द्र ढकाल, देवेन्द्र राज पाण्डे, लक्ष्मी देवी भुसाल, लक्ष्मी प्रसाद तिम्सिना र रवीन्द्र घिमिरेको गृह मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी शिव कुमारी बस्याल, थर्क बहादुर क्षेत्री कुँवर, पर्शुराम दाहाल र पीताम्बर खनालको पनि गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ । 

त्यस्तै शाखा अधिकृत लक्ष्मण प्रसाद भट्टराई, चेत बहादुर सिंह, प्रकाश रञ्जितकार, रोशन कुमार लुइँटेल, पुष्पराज गुरागाईँ, छत्र बहादुर देवकोटा, मनोज कुमार खनाल, अर्जुन प्रसाद ज्ञवाली, गोवर्द्धन ढकालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत सरुवा हुने शाखा अधिकृतहरूमा सूर्यराज पोखरेल, टिका राम अधिकारी, रोमनाथ भुसाल, मञ्जु काफ्ले धिताल, अजय कुमार झा रहेको छ । 

शाखा अधिकृत त्रय हरि विनोद चम्लागाँई, तिलक खत्री र द्रोण पौडेलको पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको विवरण प्रशासन डटकमलाई प्राप्त भएको छ । 

मन्त्रालयले शाखा अधिकृत बिणा श्रेष्ठ, नवीन कुमार थापा, बद्रीप्रसाद घिमिरे, अग्नी प्रसाद पराजुली, चेतनाथ न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)मा राखेको छ भने ऋषभ देव खनाल, तुलसीप्रसाद उपाध्याय, प्रेम बहादुर रोकाय, राजकुमार गौतम, कल्याण प्रसाद सुवेदी, गुणराज बानियालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)मा दरबन्दी राख्दै क्रमशः सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट, नौमुले गाउँपालिका, दैलेख, पाल्हीनन्दन गाउँपालिका, नवलपरासी, बराहक्षेत्र नगरपालिका, सुनसरी, पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोक, छथर गाउँपालिका, तेह्रथुमका कामकाजका लागि खटाएको छ । 

त्यस्तै अधिकृतहरू ओम प्रसाद आचार्यलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत, राम बहादुर थापालाई जिल्ला समन्वय समिति, बर्दिया, चिन्ता हरि बास्तोला प्रदेश प्रमुखको कार्यालय, बागमती प्रदेश, राजेश कुमार शर्मा जिल्ला समन्वय समिति, महोत्तरी, रमेश पोखरेल र राष्ट्र कुमार के.सी.लाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ भने शाखा अधिकृत गोविन्दप्रसाद कोइरालाको अवकाश प्राप्तको पत्र बनाउने भनिएको छ । 

पछिल्लो समय राजपत्र अनङ्कितदेखि राजपत्राङ्कित विशिष्ट श्रेणीसम्मै सरुवाको बहार छाएको छ । सरुवामा तालमेल नमिल्दा मन्त्रालयमा बहुपक्षीय गोलमाल तथा कलह उत्पन्न हुँदै गरेको देखिएको छ । 

कर्मचारी प्रशासनले पछिल्लो समय सरुवा सूचीसमेत गुपचुप राख्दै आएको छ । यता सरुवा भएकै छैन भनिरहँदा उता पत्र बुझ्नेहरू लाइन ढोकैसम्म देखिँदा पनि संलग्न उपसचिवहरू भने कहाँ हुनुभन्दै दिउँसै रात पारिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस