१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीको नाम उल्लेख नगरी समिति बनाउन काँग्रेस असहमत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी समिति बनाउने पक्षमा नरहेको बताएका छन् । 

शुक्रबार झण्डै चार घण्टासम्म सिंहदरवारमा बसेको कार्यदलको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री जोडिएको संस्थाको नाम राखेर सहमति गर्ने प्रयासमा काँग्रेस लचिलो भएको बताए पनि सहमहामन्त्री परियारले भने त्यसविपरित आफूहरू गृहमन्त्रीको नाम उल्लेख गरेको  समिति बनाउने पक्षमा रहेको स्पष्ट पारे । 

परियारले विभिन्न सहकारीबाट गोर्खा मिडियामा रकम गएको र त्यो अपचलनमा गृहमन्त्री समेतको संलग्नता रहेको भन्ने कुरामा नेपाली काँग्रेसको अडान यथावत् रहेको बताए ।

‘सरकारले पक्षले गृहमन्त्रीको नाम राख्नु हुँदैन भन्ने अडान राखेको छ। गृहमन्त्रीले हिलो गोर्खा मिडिया नेटोर्कसमा रहँदा जुन रकम अपचलन गर्नुभएको छ भन्ने काँग्रेसको भनाई छ, त्यसबारेमा छानबिन नै नगरी कुनै पनि कुरामा हाम्रो सम्झौता हुन सक्दैन ।’ उनले भने, ‘अहिलेसम्म हाम्रो पार्टीको जुन अडान हो त्यो हामीले स्पष्ट रूपमा राखेका छौं ।’

उनले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीको बारेमा आवश्यक अध्ययन गरेर सुझाव दिने कुरा पनि बैठकमा आफूले राखेको जानकारी दिए । 

गोर्खा मिडियाहरूमा सहरकारीको रकम अपचलन भएको विषयमा आवश्यक अनुसन्धान गरेर सहकारीको सञ्चालक, गोर्खा मिडियाका सञ्चालक, प्रबन्ध निर्देशक व्यवस्थापक लगायतका संलग्न देखिएका व्यक्तिलाई कानून बमोजिम कारबाही गर्नुपर्ने माप आफूहरूले राखेको परियारले बताए । 

तर, बैठकमा सत्तापक्षले समस्याग्रस्त सहकारीमाथि मात्रै छानबिन गरेर जाऔँ भन्ने प्रस्ताव राखेकोले छलफल टुंगोमा पुग्न नसकेको उल्लेख गरे । 

गृहमन्त्रीको नामसहितको समिति गठनका लागि प्रस्ताव गरेको बताएका उनले सत्तापक्षले राख्ने वैकल्पिक उपाय सुन्न चाहेको भन्दै थपे, ‘यो बैठक अन्तिम टुंगोमा पुगिसकेको भन्ने छैन। सत्तापक्षबाट हिजो एउटा ड्राफ्ट प्राप्त भएको थियो। त्यसका बारेमा हामीले स्पष्ट लिखित दृष्टिकोण लिखित रूपमा राखेका छौँ।’

प्रतिक्रिया दिनुहोस