काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी एम्नेस्टि इन्टरनेसनलकी महासचिव डा. अग्नेज कल्लामार्डले भेट गरेकी छन् ।
देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उनीहरूबीच संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।