६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासंघद्वारा ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले ग्रिलजन्य फलाम र निर्माण सामग्रीको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको जनाएको छ ।  

महासंघले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चापदार्थ ‘ब्लेड’को मूल्यमा वृद्धि नभए पनि नेपाली बजारमा मूल्य बढाइएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

देशभर सञ्चालित ११ हजारभन्दा बढी ग्रिल उद्योगमा कार्यरत करिब एक लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने अवस्था आएकाले अस्वाभाविक मूल्य वृद्धिको अनुगमन गरी उचित कारबाही गर्ने व्यवस्था मिलाउन महासङ्घले सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएको छ ।

“यस्तो संवेदनशील विषयमा सरकारको ध्यानाकर्षण नभए सम्पूर्ण उद्योगी व्यवसायीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प छैन”, महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“अस्वाभाविक मूल्य तुरुन्त फिर्ता गरेर सहज वातावरण नबनाए संघर्ष गर्न बाध्य हुने अवस्था आउँछ ।”

वार्षिक ५० अर्बभन्दा बढीको ग्रिलजन्य सामग्रीहरूको उत्पादन गर्दै आएका व्यवसायीको अहित हुने गरी ठूला कम्पनीहरूले मनोमानी गरेको पनि महासंघको आरोप छ । विश्वव्यापी कोभिड-१९ तथा आर्थिक मन्दीको प्रभावका कारण बन्द भई मारमा परेका उद्योगहरू बिस्तारै सञ्चालनमा आउन नपाउँदै पटक पटक ग्रिलजन्य फलाम र निर्माण सामग्रीको मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको अवस्थाप्रति महासंघले चिन्ता व्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस