६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशमा भयानक सङ्कटको स्थिति आउन सक्छ : पूर्व सभामुख सापकोटा

अ+ अ-

काठमाडौँ । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले यति बेला भु-राजनीतिक परिस्थितिका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको दोस्रो अधिवेशनमा उनले देशमाथि भयानक सङ्कटको स्थिति आउने अवस्था रहेको भन्दै राष्ट्रियताको हिसाबले सबैले आफूलाई तयार पार्नुपर्ने अवस्था रहेको बताए । 

उनले भने,‘अहिले भु-राजनीतिको अवस्था अत्यन्तै जटिल छ । पेचिलो छ । आज हाम्रो आँगनमा युद्ध हुँदैछ । त्यस कारण राष्ट्रियताको हिसाबले पनि हामीले आफूलाई तयार पार्नुपर्ने बेला आएको छ । आँधी तुफान आउन सक्ने अवस्था छ । देशमा एउटा भयानक सङ्कटको स्थिति आउन सक्छ । त्यसैले हामीले राष्ट्रियताका लागि र जनताको आर्थिक विकासको लागि पनि तयार हुनुपर्छ ।’

उनले देशमा  समाजवादउन्मुख राज्यव्यवस्था लिपिवद्ध गर्न सफल भएतापनि जनताको जीवनस्तर उकास्नेगरी साँचो अर्थमा अनुभुत गर्ने खालको परिवर्तनलाई संस्थागत गर्न चुकेको बताए । विश्व नै दृष्टिविहीन भएको अवस्थामा नेपालमा पनि राष्ट्रिय दृष्टिकोण नबनेको भन्दै उनले राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक रहेको बताए । 

प्रवक्ता सापकोटाले नेपालमा वामपन्थीहरू मात्र नभई सबै कम्युनिस्टहरू एकीकरण भएमा मात्र देशमा विकासले गति लिन सक्ने बताए । उनले विज्ञान र प्रविधिको प्रयोग गर्न नसके पुरानो ढाँचाले देशको विकास गर्न नसकिने धारणा राखे ।  

प्रतिक्रिया दिनुहोस