७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोलकाताले चुम्यो तेस्रो पटक आइपिएलको उपाधि

अ+ अ-

काठमाडौँ । सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताको यो तेस्रो उपाधि हो ।

पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो । त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो । तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

कोलकाता वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

रहमानउल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे। हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १/१ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।

हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।

एडन मारक्रम २०, हाइनरिक क्लासन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए । २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए । मिचल स्टार्क र हर्षित राणाले २/२ विकेट लिए । यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस