१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी पीडितहरुको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने

अ+ अ-

काठमाडौँ । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौथो दिन पनि रिले अनशन जारी राखेको छ ।

गत शक्रबारदेखि काठमाडौँस्थित माइतीघर मण्डलबाट सुरु भएको आन्दोलन मंगलबार चौथो दिन पनि जारी छ । आफूले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै सहकारीपीडितहरूले रिले अनशन जारी राखेका हुन् ।

सरकारले सम्झौता सहमति कार्यान्वयन नगरेको भन्दै महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेसँगै काठमाडौँ उपत्यकासहित चितवनमा पनि आन्दोलन सुरु भएको हो ।

आन्दोलनमा विशेषगरी तीन वटा सहकारीबाट पीडित रामप्रसाद राजभण्डारीले सरकारले सम्झौता गर्ने तर कार्यान्वयन नगरेर पीडितहरुमाथि अन्याय गरेको बताए । आन्दोलन गरेको चार महिना भइसक्दा पनि सरकारले बेवास्ता गरेका कारण तेस्रो चरणको आन्दोलन गर्न आफूहरू बाध्य भएको बताए ।

उनले भने, ‘आन्दोलन त गर्नैपर्ने भयो । मानिसहरूले खानै नपाउने अवस्था सृजना भयो । सहकारीमा दुई पैसा ब्याज बढी आउँछ भनेर पैसा राखियो । तीन वटा सहकारीमा मेरो पैसा छ । सिभिल सहकारी, लाली गुराँस र स्टा सेभिङमा थियो । तीन वटामा नै मेरो पैसा डुब्यो । सरकारले न्याय दिएन । सुन्नुपर्ने त सरकारले हो नि । आन्दोलनमा आएको पनि करिब चार महिना भइसक्यो । तर हाम्रो मागलाई सरकारले वास्ता गरेन त्यसैले आन्दोलनमा आउन बाध्य छौँ ।’

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब देशैभर सशक्त रूपमा आन्दोलन अगाडि बढाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस