काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रोकेको जिल्लान्तर शिक्षक सरुवा फुकुवा गरेको छ ।
शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ जारी गर्दै रोकिएको जिल्लान्तर सरुवा फुकुवा गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरुवासम्बन्धी निर्देशिका स्वीकृत गरेकी हुन् ।