काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश बैंक स्थापना गर्ने भएको छ । बागमती प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश तहमा प्रदेश बैक स्थापना गरिने बताएका हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शर्माले प्रदेशमा रहेको विकट स्थानीय तहलाई सरकारले अनुदानको कार्यक्रमहरूमा थप गर्ने जनाए ।
प्रदेश तहमा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने बताउँदै पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने यातायातका साधनलाई विद्युतीय बनाउने कार्यलाई अगाडी बढाउने बताए । उनले प्रदेश तहको यातायात क्षेत्रलाई ‘क्यासलेस’ बनाइने बताए ।