५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्को गरिमालाई ह्रास हुन दिनुहुँदैन : पूर्वसभामुख सापकोटा

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमालाई ह्रास हुन दिन नहुने बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी सङ्गठन वाग्मती प्रदेशको प्रथम भेलाको आज उद्घाटन गर्दै उनले भने, “संसदभित्र विचारको रिक्तता देखिएको छ, संसद्भित्रको छलफल र बहसलाई  स्तरीय बनाउनुपर्छ ।” 

उनले सरकारले पर्यटन क्षेत्रको विकासका लागि खोज, अनुसन्धान र आविष्कारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उपाध्यक्ष सापकोटाले मुलुकको विकासका लागि बृहत् वामपन्थी एकता आवश्यक रहेको बताए । 

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् पर्यटन विभागका इन्चार्ज पर्यटन ऐनलाई समयअनुसार परिमार्जन गरेर अगाडि बढ्न जरुरी रहेको बताए । उनले पर्यटन क्षेत्रमा देखिएका समस्यालाई एकीकृत गरेर समाधान गर्नुपर्ने धारणा राखे ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद (कमल) सापकोटाले व्यवसायी र पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानमा नेपाल पर्यटन व्यवसायी सङ्गठन लाग्नुपर्ने बताए । उनले पर्यटन क्षेत्रलाई सम्बोधन गर्ने खालको बजेट अहिलेको आवश्यकता रहेको उल्लेख गरे। पर्यटन व्यवसायी राजन सिंखडाले नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको उल्लेख गरे । उनले चिनियाँ पर्यटक नेपालमा धेरै भित्र्याउनका लागि काठमाडौँ–केरुङ सडकलाई स्तरोन्नति गर्नुपर्ने बताए ।

नेपाल पर्यटन व्यवसायी सङ्गठन बाग्मती प्रदेशका उपाध्यक्ष ठाकुरप्रसाद सापकोटाले पुरानो ऐनले पर्यटन क्षेत्रको विकास हुन नसक्ने भएकाले समयअनुसार ऐन परिवर्तनका लागि लाग्न सरकारलाई आग्रह गरे । उक्त भेलाले मिलन तामाङको नेतृत्वमा ३१ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस