१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तापक्ष र विपक्षका दलहरूबीच सोमबार राति सहमति जुटेको छ । तर कार्यादेश भने तयार भइसकेको छैन । आज (मंगलबार) बिहान ११ बजे कार्यदलको बैठक बसेर कार्यादेशबारे अन्तिम टुंगो लगाउने तयारी छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा आइतबार साँझ उनको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्ष र विपक्षका शीर्ष नेताहरु तथा कार्यदलका सदस्यहरूको संयुक्त बैठकले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटाएको छ । दलहरूले संकटग्रस्त सहकारी र त्यसमा संलग्न कम्पनी तथा व्यक्तिहरूमाथि छानबिन गर्ने सहमति गरेका छन् । 

यसअघि काँग्रेसले माग गरेजस्तो गरी उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नाम भने कार्यादेशमा उल्लेख हुने छैन । ‘संसदीय समिति र कार्यादेशमा गृहमन्त्रीको नाम उल्लेख नगर्ने, तर संकटग्रस्त सहकारी र त्यसमा संलग्न व्यक्ति तथा कम्पनीका विषयमा छानबिन गर्ने भन्ने सहमति भएको छ,’ बैठकमा संलग्न नेपाली काँग्रेसका एक नेताले भने । 

बैठकले सैद्धान्तिक सहमति जुटाएअनुसार आज दिउँसो ११ बजे सिंहदरवारमा कार्यदलको बैठक बस्ने कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए । ‘कार्यदलको बैठकले संसदीय समितिबारे टुंगो लगाउँछ । त्यसपछि सरकारले बजेट पनि ल्याउँछ,’ उनले भने, ‘अब संसद् पनि सुचारु हुन्छ ।’

नेताहरूका अनुसार सहकारीसम्बन्धी छानबिन गर्नका लागि ७ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । जसमा सत्तापक्ष र विपक्षी दलबाट तीन–तीन जना र सत्ता पक्षका संयोजक एक जना रहनेछन् । समितिलाई छानबिनका लागि तीन महिनाको समयावधि दिइनेछ । 

प्रतिक्रिया दिनुहोस