८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परम्परागत जातका धानको बीउ किसानलाई ‘पैँचो’

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको नव सृजना बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई ‘पैंचो’का रूपमा परम्परागत जातका धानको बीउ उपलब्ध गराउन थालेको छ । परम्परागत जातका धान जोगाउनका लागि सहकारीले किसानलाई पैँचोका रूपमा बीउ उपलब्ध गराउन थालेको हो । किसानलाई एकदेखि दुई किलोसम्म धानको बीउ उपलब्ध गराउने व्यवस्था गरेको छ ।

 “किसानलाई उपलब्ध गराइएको बीउ पछि फिर्ता हुने गरी पैँचोका रूपमा दिएका हौँ”, सहकारीका अध्यक्ष भीमराज अवस्थीले भने, “फिर्ता भएको बीउ अर्को वर्ष अरु किसानलाई दिन्छौँ, किसानले उत्पादन गरेको परम्परागत जातको बीउबाहेकको धान प्रतिकिलो रु ४० देखि ५० का दरले गुणस्तरका आधारमा खरिद गर्ने व्यवस्था गरेका छौँ ।”

उनका अनुसार सहकारीमा आबद्ध ५० जना किसानले परम्परागत जातका धानको बीउ पैँचोका रूपमा लगेका छन् । बीउ लगेकाहरूले एक कठ्ठादेखि पाँच कठ्ठा खेतमा धान रोप्ने उनले उल्लेख गरे। हालसम्म सहकारीबाट परम्परागत जातका लालचन्द, अन्जना, वामान चिनी, सेतो अन्ती, रातो अन्ती, ध्यूपुरी, सौँठारी, राइमुनुवा, बगटी, बन्दनालगायत २३ प्रजातिको दुई क्विन्टल जति धान बीउ वितरण गरिएको छ । यससँगै सहकारीले भुरा, गुडरा, गुर्रा, तिल्कीलगायतका बीउ पनि वितरण गरेको छ । परम्परागत जातको धानबीउको माग किसानले गर्दै आएकाले पुर्‍याउनै धौधौ रहेको अध्यक्ष अवस्थीले जानकारी दिए । 

परम्परागत जातका धानमा सुक्खा सहने, धेरै पानीमा पनि हुर्कन सक्ने, रोग कीराको प्रकोप नहुने उनको भनाइ छ । “परम्परागत जातका धान अहिले गाउँघरतिर पाउनै मुस्किल छ”, उनले भने, “कतै पाइयो भने पनि किसानले खेतमा रोप्न मान्दैनन्, बढी उत्पादन हुने र आधुनिक जातको बीउ नै खोज्छन् ।”

उन्नत जातभन्दा कम फल्ने हुँदा किसानले परम्परागत जातका धान खेतमा लगाउन छाड्दै गएको उनले बताए । बढी उत्पादन दिने, आम्दानी हुने धानखेतीप्रति किसानको मोह बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् ।

“धानका विकासे जातको तुलनामा रोग कीराको समस्या कम हुन्छ, कम मलजलमै फल्छ”, सहकारीका अध्यक्ष अवस्थीले भने, “उन्नत जातका धान लगाउँदा नफल्ने समस्या पनि छ, विकासे र उन्नतको तुलनामा स्थानीय जातका धान कम फले पनि किसानले निराश हुनु पर्दैन ।”

परम्परागत जातका धानसँगै किसानको मागअनुसार सहकारीले उन्नत जातका धान बीउ पनि ढुवानी भाडा जोडेर नाफा नराखी किसानलाई बिक्री वितरण गर्दै आएको छ । पहाडी क्षेत्रमा उत्पादन हुने कोदो प्रवर्द्धन गरी सहकारीले गत वर्षदेखि नै बेच्दै आएको छ ।

विभिन्न कृषि मेला, प्रदर्शनी, दिवसलगायतका अवसरमा परम्परागत प्रजातिका अन्नका परिकार बनाई सहकारीले प्रदर्शन गर्ने कार्यसँगै सहभागीलाई स्वाद लिनका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि गर्दै आएको छ । वडाध्यक्ष लालबहादुर ऐरले सहकारीले स्थानीय प्रजातिका धानलगायतका अन्न जोगाउने अभियानमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । परम्परागत प्रजातिका धानलगायतका अन्नबालीप्रति किसानलाई सचेत पार्ने कामसँगै सहकारीले जोगाउनमा योगदान दिँदै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस