काठमाडौँ । सरकारले ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ घोषणा गरेको छ ।
मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सो कार्यक्रम घोषण गरिएको हो ।
अर्थमन्त्री वर्षमान पुनले सरुवालाई अनुमानयोग्य बनाउने घोषणा गरेका छन् । सार्वजनिक सेवालाई मुहमाररहित र कागजरहित बनाउने घोषणा पनि भएको छ ।
सेवाग्राहीको गुनासो सुन्ने र सम्बोधन गर्ने व्यवस्थाका लागि ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ सञ्चालनको घोषणा पनि बजेटले गरेको छ ।