८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमलरी प्रथा अझै रहेछ, सांसदकै घरबाट बालश्रमिकको उद्धार गर्‍यौँ : बालेन 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले कमलरी प्रथा अझै नहटेको बताएका छन् । उनले अझै पनि देश मुठ्ठीभरलाई मात्रै स्वर्ग रहेको बताएका .छन् ।

केही समययता महानगरको पहलमा काठमाडौँका विभिन्न स्थानबाट उद्धार गरिएका बालबालिकाहरूको कथा सेयर गर्दै उनले अझै पनि देशमा कमलरी प्रथा नहटेको बताएका हुन् ।

‘गणतन्त्र दिवस धेरै पल्ट आइसक्यो । तर, वास्तविक गणतन्त्र आउन बाँकी छ । पुराना अमानवीय सोच र कुप्रवृतिविरूद्ध ल्याइएको यो व्यवस्थाले त्यस्ता कु-प्रवृत्ति र सोचविरुद्ध काम गर्न सकेको छैन’, उनले भनेका छन्, ‘आमनागरिकसम्म गणतन्त्रको मिठास पुग्न सकेको छैन । नत्र मुठ्ठीभरलाई त यो देश सधैँ स्वर्ग नै थियो । अझ सबै भन्दा दुःखद त, यही व्यवस्थाका लागि नीति नियम बनाउने ठाउँमासमेत यसको मर्मविपरीत काम गर्नेहरू पुगेका छन् ।’

उनले पछिल्लो समय महानगरले थालेका बालश्रमिक उद्धार अभियानबारे चर्चा गर्दै सांसदकै घरमा पनि श्रमशोषण भएको दाबी गरेका छन् ।

‘हामीले बालुवाटार छेउबाट एक १४ वर्षे बालिकालाई उद्धार गर्‍यौँ । उनलाई लट्ठी र पाइपले कुटपिट हुने गरेको उजुरी परेको थियो’, साहले भनेका छन्, ‘उनको अवस्था नाजुक थियो । दुःखको कुरा, उनी जसको घरमा बालश्रमिक भएर दुर्व्यवहार भोगिरहेकी थिइन्, त्यो सांसदको थियो ।’

तर साहले कुन दलका सांसद हुन् भन्ने खुलाएका छैनन् । तर उनले बालुवाटार आसपास घर भएका सांसदको घरबाट बालिकाको उद्धार गरिएको विवरण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस