७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा खप्तड-शैलेश्वरी हाइ अल्टीच्यूडको म्याराथन दौड प्रतियोगिता आयोजना गरिने

अ+ अ-

 डोटी । भू-स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले खप्तड-शैलेश्वरी हाइ अल्टीच्यूडको म्याराथन दौड प्रतियोगिता(तेस्रो संस्करण) आयोजना गरिने भएको छ । 

खप्तड क्षेत्रमा असार ३ गते शुक्ल पक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा खप्तड शैलेश्वरी म्याराथन प्रतियोगिताको आयोजना गर्न लागिएको डोटी उद्योग वाणिज्य सङ्घले मङ्गलवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो । 

३ हजार ३ सय फिटको उचाइमा रहेको खप्तडको त्रिवेणी धाम देखि डोटीको सदरमुकाम शैलेश्वरी मन्दिरसम्मको ४२.१९६ किलोमिटरको दुरीमा म्याराथन प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । गत वर्ष सञ्चालन भएको म्याराथन दौड प्रतियोगितामा २ विदेशी सहित ४८ जनाले सहभागिता जनाएका थिए । 

प्रथमलाई एक लाख, दोस्रो हुनेलाई ७० र तेस्रोलाई ४० हजार नगद पुरस्कार राखिएको छ । यस वर्ष सोही सोही पुरस्कार लाई निरन्तरता दिएको छ । 

सुदूरका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सीमा क्षेत्रमा रहेको भू स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रमा शुक्ल पक्ष दशमीमा गङ्गा दशहरा मेला लाग्ने गर्दछ सोही अवसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता (पुरुष र महिला)का साथै खप्तडमा भलिबल, देउडा, घोडा दौड प्रतियोगिताको आयोजना गरिने समेत सङ्घका अध्यक्ष विक्रम साउँदले बताए । प्रतियोगितामा सहभागिता हुन चाहने धावकले नेपाली सेनाको भैरव प्रसाद गण सिलगढीमा अनलाइनमार्फत फर्म भर्न सक्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस