काठमाडौँ । सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेटको उपभोक्ता मञ्च नेपालले स्वागत गरेको छ ।
बजेट मार्फत तरकारी तथा फलफूलमा लाग्दै आएको मूल्य अभिवृद्धि करलाई हटाउने, उपभोक्ता अदालतको गठन गर्ने र त्यसका लागि आवश्यक बजेटसमेत विनियोजन गरेको भन्दै मञ्चले स्वागत गरेको हो ।
सरकारको यो निर्णयले चर्को महँगीबाट पीडित उपभोक्ताहरूलाई केही मात्रामा भए पनि राहत पुग्ने र उपभोक्ता अधिकार तथा हकहित संरक्षण लागि मद्दत पुग्ने विश्वास नेपाल उपभोक्ता मञ्चले लिएको प्रवक्ता उज्वल राज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।