काठमाडौँ। सुदूरपश्चिमको धनगढीमा बुधबार ४३.३६ डिग्री तापक्रम मापन गरिएको छ ।
मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा ४३.३६ डिग्री मापन गरिएको हो ।
जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाले धनगढीमा बुधबार २८ वर्षपछि उच्च तापक्रम मापन भएको जनाएको छ ।
गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।