६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उमेर पुगेर विवाह गर्ने जोडीलाई सम्मान

अ+ अ-

गुल्मी । गुल्मीको मदाने गाउँपालिका-१ स्थित अग्लुङ गाउँमा उमेर पुगेर विवाह गर्ने जोडीलाई आज वडा कार्यालयले सम्मान गरेको छ । 

शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका तीन जोडी नवविवाहित दम्पतीलाई वडा कार्यालयले सम्मान गरेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए । 

‘विवाहबारी-२० वर्ष पारी’ भन्ने मूल उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्न वडा कार्यालयले उक्त कार्यक्रम गरेको उनले बताए ।

वडाले असल बुहारी तथा छोरीलाई पनि सम्मान गरेको छ । वैदेशिक रोजगारीमा छोराहरू जाने तथा बुहारीहरू छोराछोरी पढाउन सहर पस्ने चलन बढेको छ । बुहारीहरू सहर पसेपछि गाउँमा वृद्धवृद्धाहरु मात्रै हुन थालेकाले वृद्ध बुबाआमाले दुःख पाएको अवस्थामा सासूससुरा तथा बुबाआमासँगै रहेर पालन पोषण गरेका बुहारी तथा छोरीहरूलाई वडाले सम्मान गरेको हो ।

शैक्षिक उत्प्रेरणा कार्यक्रममार्फत १० जना असल बुहारीलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । 

वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक सङ्घसंस्थालाई समेत सम्मान गरेको छ । विभिन्न विधामा रहेर वडाका लागि योगदान गरेकाहरूलाई दोसल्ला सम्मान पत्रसहित सम्मान गरिएको वडाध्यक्ष चन्दले जानकारी बताए । कार्यक्रममा एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई रु. १० हजार, कक्षा ८ मा उत्कृष्ट हुनेलाई रु. पाँच हजार तथा कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीलाई रु तीन हजार नगदसहित सम्मान गरिएको छ ।

शैक्षिक तथा सामाजिक सचेतनाका लागि वडाबाट गरिएका यस्ता कार्यक्रमबाट समाजका आम नागरिकहरूमा थप उत्प्रेरणा जाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस