काठमाडौँ । सरकारले राजपत्राङ्कित विशेष श्रेणी पदमा तीन कर्मचारीको बढुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशेष श्रेणीको पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीले बताए अनुसार ज्ञवालीलाई नायव महान्यायाधिवक्ता, बुढामगर न्यायापरिषद सदस्य र पोखरेललाई रजिस्टार पदमा पदस्थापन गरिएको छ ।